जेठ १३, २०८० शनिबार

दमौली, १३ जेठ : प्रक्रिया अगाडि बढेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । शिवपञ्चायन क्षेत्रमा एक सय फिट उचाइको व्यास मूर्ति निर्माण कार्य, व्यास–३ बिपी वनवाटिका खेलमैदान, व्यास–११ कोलढुङ्गा क्रिकेट मैदान, व्यास–५ परासर खेलमैदान र चिन्तुटार खेल मैदानलगायत खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।

व्यास–१० मा नारेश्वर ताल निर्माण कार्य प्रारम्भ भएको र नगरपालिकाको पहलमा मादीनदी तटबन्ध कार्यमा प्रदेश सरकारको सहयोगमा तटबन्ध कार्यलाई अघि बढाइएको जनाइएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाभित्र दुई ३३ घर नक्सा पास, तीन सय ६० सम्पन्न, चार सय डिपिसी सम्पन्न, छ घर कायम, दुई सय ६५ नयाँ घरदर्ता, एक सय ३० नक्सा नामसारी, ५५ नक्सा नवीकरण भएको छ । चालु आर्थिक वर्षको कूल बजेट रु एक अर्ब ७१ करोड ६५ लाख नौ हजार रहेकामा हालसम्मको कूल आय रु एक अर्ब १३ करोड १३ लाख ८६ हजार नौ सय ८९ रहेको छ । चालुतर्फ ६८ दशमलव २ र पुँजीगततर्फ ३३ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ हालसम्म रु ११ करोड नौ लाख तीन हजार सात सय ४४ सङ्कलन गरेको छ । नगरपालिकाले विगत एक वर्षमा नौ वटा विधेयक, १२ कार्यविधि, दुई निर्देशक पारित गरी लागू गरेको जनाएको छ ।

शिक्षातर्फ ४३ जना अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न विद्यालय सञ्चालन गरिएको, नेपाल सरकार शिक्षा विभागबाट काटिएको ५३ प्रावि दरबन्दी मिलान गरिएको, शिक्षक दरबन्दी काटिएपछि दरबन्दी अभाव भएका विद्यालयमा ४० जना स्वंयसेवक शिक्षक नियुक्ति गरिएको जनाइएको छ ।

फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइ सफाइ केन्द्रको स्थायी प्रबन्ध नहुँदासम्म वडा नं १३ र ३ का स्थानीयवासीसँग समन्वय गरी फोहर विसर्जन कार्य दैनिकरुपमा गरिँदै आएको नगरपालिकाले उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश सरकारले समानीकरण बजेटअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरेको र आन्तरिक आम्दानी ५० प्रतिशत मात्रै भएकाले क्रमागत योजनाको चाप र दबाबले लक्षित गरिएका योजना सम्पन्न गर्न कठिनाइ भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।