अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसिसि)ले विश्वकपमा सहभागी रहने टिम संख्यामा बृद्धिगरेको छ ।मंगलबार भएको आईसिसिको निर्णय अनुसार अब २०२७ र २०३१ मा हुने एकदिवसिय पुरुष विश्वकपमा सहभागी टिमको संख्या १४ रहदा २०२४,२०२६,२०२८ र २०३० मा हुने टिट्वान्टि विश्वकपमा २० टोलीलाई सहभागी गराईने भएको छ ।
यस अघि टिट्वान्टी विश्वकपमा १६ तथा एकदिवसिय विश्वकपमा १० टोली सहभागी रहदै आएका थिए ।

यस निर्णयले नेपाल लगायत एसोसिएट मुलुकहरुका लागि विश्वकपको मार्ग केही सहज भएको छ ।