विश्व टेस्ट च्याम्पियनसिपको फाईनलको तयारीमा रहेको न्युजिल्याण्डले विश्व टेस्ट च्याम्पियनसिपको आयोजकको रुपमा रहेको घरेलु टोली इंग्ल्याण्डसॅंग २ खेलको टेस्ट शृखंलाको पहिलो खेलको सुरुवात आजबाट गर्दैछ।
लण्डन स्थित लड्स क्रिकेट स्टेडियममा नेपाली समयानुसार दिउसो ३:४५ मा सो खेल सुरु हुदै छ। आषाढ ४ गतेबाट टेस्ट च्याम्पियनसिपको फाईनल हुदैछ। त्यसमा भारतको सामना गर्न तयार न्युजिल्याण्डको लयलाई यस शृखंलाले देखाउदछ।
आगामी ३१ गते सम्म चल्ने यस शृखंला निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान लगाईएको छ।