एजेन्सी । युरो कप फुटबल प्रतियोगिता २०२० खेल्ने इंग्ल्याणको अन्तिम २६ सदस्य टोलीको घोषणा भएको छ । मङ्गलबार राति मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी केनको कप्तानीमा टोलीको घोषणा गरेका हुन् ।
यसअघि उनले ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । केही दिनको प्रशिक्षणपछि उनले २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । जसमा मासोन ग्रिनवुड चोटका कारण इंग्ल्याण्डको टोलीबाट बाहिरिएका छन् । चोटका कारण म्यानचेस्टर युनाइटेडका फरवार्ड ग्रिनवुड पनि युरो कप खेल्ने इंग्ल्याण्डको प्रारम्भिक टोलीबाट बाहिरिएका हुन् ।
कप्तान केनसँगै टोलीमा मार्कुस रास्फोर्ड, रहिम स्टर्लिङ, जाडोन सान्चो, फिल फोडेन, बुकायो साका, ह्यारी मागुइरे, मासोन माउन्टलगायत खेलाडी टोलीमा समावेश छन् । युरो कपमा इंग्ल्याण्ड समूह ‘बी’ मा छ । यस समूहमा इग्ल्यान्डसँगै डेनमार्क फिनल्याङड, बेल्जियम र रुस छन् । 