भारतको अर्थतन्त्र आउँदो वर्ष नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ । विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले सन् २०२२ मार्चको अन्त्यसम्ममा भारतको कूल गार्हस्थ्य उत्पादनमा सुधार आइ आर्थिक वृद्धिद्धर बढ्ने जनाएको समाचारसंस्था एएनआईले जनाएको छ ।
सन् २०२० मा कोरोना महामारीका कारण खुम्चिएको अर्थतन्त्र संक्रमण कम हुनासाथ सक्रिय भएको थियो । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पनि गति लिने प्रतिवेदनमा उल्लेख छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोरोनाको पहिलो लहरको झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको छ ।
मुडिजले कोरोनाको दोस्रो लहर जुन महिना भन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभएमा भारतको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने जनाएको छ ।