जेठ १९, २०७८ बुधबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड टोलीका पूर्व प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षकको भूमिकामा फर्किएका छन् । एभर्टनका मुख्य प्रशिक्षक एन्सेलोट्टी ६ वर्षपछि जिनेदिन जिदानको स्थानमा रियलमा फर्किएका हुन् ।

यसै साता मात्रै जिदानले रियलमा छाडेका थिए । २०२०/२१ मा एउटा पनि उपाधि जित्न नसकेपछि निराश बनेका फ्रान्सेली प्रशिक्षक जिदानले क्लब छोडेका थिए । सन् २००९/१० को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएपछि निराश भएका जिदानले आफै क्लब छोडेका हुन् । May be an image of 1 person and text

उनको स्थानमा रियलले एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक बनाएको हो । एन्सेलोटीले रियलसँग ३ वर्षको सम्झौता गरेका छन् ।