एजेन्सि। इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले टोटनह्याममाथि सजिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इके गुनडोगनले दुई गोल गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । योजितपछि शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता बढाएको छ ।
सिटीको २३ खेलमा ५३ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लेस्टर सिटी भन्दा ७ अंकले अगाडी रहेको छ । लेस्टर सिटी भन्दा एक खेल बढी खेलेको छ ।
त्यस्तै टोटनह्यामको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा नवौं स्थानमा झरेको छ ।