जेठ २१, २०८० आइतबार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुन‍को मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।