जेठ १९, २०७८ बुधबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले डिफेन्डर इमर्सन रोयललाई अनुबन्ध गरेको छ । बुधबार बार्सिलोनाले राइट ब्याक इमर्सनलाई प्रतिद्वन्द्वी क्लब रियल बेटिसबाट अनुबन्ध गरेको हो ।

ब्राजिलियन इमर्सनलाई बार्सिलोनाले नौ मिलियन युरो खर्चिएको छ । इमर्सनले रियल बेटिसबाट यस सिजन ३४ खेल खेल्दा १ गोल गरेका छन् ।

त्यस्तै बार्सिलोनाले यसअघि सर्जियो अगुएरो र इरिक गार्सियालाई अनुबन्ध गरेको थियो ।