आगामी बर्ष कतारमा हुने फिफा विश्व कप तथा चीनमा तय एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार (आज) दोस्रो लेग खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ ।
आज नेपाली समयानुसार बेलुका ९:४५ मा सुरु हुने खेलमा पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवितै राख्न चाहान्छ ।

विश्व कप छनोट अन्तर्गत समूह बी मा चार खेल घरबाहिर र एक घरमा भनिए तापनि भुटानमा खेल्दै नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अङ्क बनाएको छ ।
कुवेतमा रहेको जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल त्यही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियो राख्न चाहन्छ ।
तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ ।
यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारीका लागि शनिवार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।
नेपाल चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबलमा रहनेछ। चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

छनोट चरणका खेलमा हाल सम्मका नतिजा
छनोट चरणको पहिलो खेलमा जोर्डनलाई सात–शून्यको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग पाँच–शून्यले र चौथो खेलमा जोर्डनसँग तीन–शून्यले पराजित भएको थियो । घरको खेलको रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपपा रहेको भुटानमा कुवेतसँग एक–शून्यले पराजित भएको थियो ।
चाईनिज ताईपेईसॅंगको हेट टु हेट
फिफा वरीयताको एक सय ४१ औँ स्थानमा रहेको चाइनिज ताइपेई र एक सय ७१ औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दशरथ रङ्गशालामा भएको थियो । मैत्रीपूर्ण त्यो खेलमा एक–शून्यले पछि परेको अवस्था उल्ट्याँदै नेपालले एक–एक को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्व कप छनोटमा प्रतिस्पर्धा भएको थियो । त्यो खेल नेपालले दुई–शून्यले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
