जेठ २०, २०७८ बिहिबार

२०२३ आईसीसी पुरुष एकदिवसिय विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको विश्वकप सुपर लिग क्रिकेट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले टेस्ट राष्ट्र आयरल्याण्डमाथी रोमान्चक रुपले जित हासिल छ ।

गयराती सम्पन्न रोमान्चक खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले पराजित गरेको हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो ।उसका लागि भान डेरले ४९ रन जोड्दा लोगान भान बिकले २९ रन बनाए । शफिक जुल्फिकर र म्याक्स ओ'डोले २३/२३ रन बनाए ।बास डी लिडले २१ तथा स्टेफेनले २० रन जोडे ।आयरल्याण्डका जोस लिटल र क्रेग योङले ३/३ विकेट लिए ।

 १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्ड ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।उसका पाउल स्ट्रर्लिङले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिमि सिंहले ४५ रन बनाए ।नेदरल्यान्ड्सका पिटर सिलारले ३ तथा लोगान भान बिकले २ विकेट लिए ।

यससॅंगै ३ खेलको शृखंलामा नेदरल्याण्ड १-० ले अघि रहेको छ।