जेठ २३, २०८० मंगलबार

काठमाडौँ– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदैछ । गोकर्ण गल्फ क्लबमा हुने सिजनको अन्तिम प्रतियोगितामा ४१ खेलाडीको सहभागिता रहने छ । 

शुक्रबार सम्पन्न हुने प्रतियोगिताको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन् भने उपविजेताले १ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

यसैगरी, तेस्रो हुनेले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौँले ८६ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने जनाइएको छ ।