जेठ २३, २०८० मंगलबार

काठमाडौँ, २३ जेठ: नेपाली बजारमा आज मंगलबार सुनको भाउ फेरि बढेको छ।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन र चाँदीको भाउ स्थिर थियो। चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।