जेठ २३, २०८० मंगलबार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

प्रि-ओपन सेसनमा आज ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

लामो समयदेखि सेयर बजार सकारात्मक बन्न सकेको छैन। बैंकको ब्याजदर बढ्नु, अस्थिर सरकार र आर्थिक संकटलगायतका कारण सेयर बजारमा उत्साह छाउन सकेको छैन।