जेठ २०, २०७८ बिहिबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको जर्मनी र डेनमार्कले  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा जर्मनी र डेनमार्कले १–१ गोलको बराबरी खेलेका छन् । बिहिवार बिहान अस्ट्रियामा सम्पन्र भएको खेलमा जर्मनी र डेनमार्कले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा जर्मनीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औं मिनेटमा फ्लोरियन नेहाअसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ७१औं मिनेटमा युसुफ पलसेनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काए र बाँकी समय गोल नहुँदा खेल बराराबरीमा सकियो ।