जेठ २०, २०७८ बिहिबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेदरल्याण्ड्स र स्कटल्याण्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा नेदरल्याण्ड्स र स्कटल्याण्डले २–२ गोलको बराबरी खेलेका छन् । बिहिवार बिहान पोर्चुगलमा भएको खेलमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपेले दुवै गोल गरे भने स्कटल्यान्डका ज्याक हेन्ड्री र केभिन निस्बेटले समान एक–एक गोल गरे ।

खेलको १०औं मिनेटमा हेन्ड्रीले गोल गर्दै स्कटल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १७औं मिनेटमा डिपेले गोल गरेपछि नेदरल्याण्ड्सलाई खेलमा र्फकाए र पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो र दोस्रो हाफको खेलको ६३औं मिनेटमा निस्बेटले गोल गरेपछि स्कटल्यान्डले पुनः अग्रता बनाएको थियो । तर खेल सकिन एक मिनेट बाँकी छँदा डिपेले दोस्रो गोल गर्दै नेदरल्याण्ड्सलाई सम्भावित हारबाट जोगाए ।