एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको इंग्ल्याण्ड र अस्ट्रियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा इंग्ल्याण्डले अस्ट्रियामाथि १–० गोलको जित निकालेको छ । बिहिवार बिहान सम्पन्र भएको खेलको खेलमा इंग्ल्याण्डकलाई जिताउन बुकायो साकाले निर्णायक गोल गरे ।
निकै प्रतिस्प्रधात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५६औं मिनेटमा साकाले गरेको गोल इंग्ल्याण्डको जितमा निर्णायक बनेको हो ।