पछिल्लो २४ घण्टामा भारतमा एक लाख ३४ हजार १५४ नयाँ संक्रमित थपिएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट अति प्रभावित भएको भारतमा पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्या डेढ लाख भन्दा तल रहँदै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट दुई हजार ८८७ जनाको ज्यान गएको छ । अहिले सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार ४१३ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
भारतमा कुल संक्रमितको संख्या दुई करोड ८४ लाख ४१ हजार ९८६ पुग्दा कोभिड–१९ बाट तीन लाख ३७ हजार ९८९ जनाको ज्यान गएको छ । अहिलेसम्म २२ करोड १० लाख ४३ हजार भारतीयले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।