जेठ २०, २०७८ बिहिबार

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । 

नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो । ‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ । 
नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी>१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ ।  

भारतमा भेटिएको भेरियन्ट (बी १.६१७.२) लाई डब्ल्यूएचओले डेल्टा नाम दिएको छ ।