एजेन्सी। स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका मिडफिल्डर लुकास भास्क्वेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। रियलले बिहीबार लुकास सम्झौता थप गर्न सहमत भएको जनाएको छ।
रियलले लुकास सन् २०२४ सम्म क्लबमा रहने जनाएको छ । २९ वर्षीय लुकास रियलको एकेडेमीका उत्पादन हुन्। स्पेनिस मिडफिल्डरले सन् २०१५ मा रियलको सिनियर टिममा डेब्यु गरेका थिए।