एजेन्सी।
न्युजील्याण्डका लेगस्पिनर ईश सोडी २०२१ आईपीएलमा प्रबन्धकीय भूमिका देखा पर्ने भएका छन् ।
लिलामीमा खेलाडीको रुपमा बिक्री हुन नसकेका सोडीलाई उनको पूर्व फ्रन्चाईजि राजस्थान रोयल्सले सम्पर्क अधिकारीको रूपमा नियुक्त गरेको छ ।
सोडीले २०१८ र २०१९ आईपीएलमा राजस्थानबाट आईपीएल खेलेका थिए ।
यस नयाँ भूमिकामा सोधीले टिमका क्रिकेट निर्देशक कुमार संगकारा र मुख्य कार्यकारी अधिकारी जेक लुश म्याक्रमसँग मिलेर काम गर्ने छन् ।‘ रोयल्स एक अभिनव र गतिशील फ्रन्चाइजीका साथै एक ब्रान्ड हो , म आफ्नो आईपीएल परिवारमा फेरि सामेल हुन पाउँदा खुसी छु,’ उनले भने ।
गत संस्करण उनी स्पिन परामर्शदाताको भुमिकामा राजस्थानसँग आवद्ध थिए । यस पटक भने उनको भुमिका परिर्वन भएको छ ।
‘ गत वर्ष मैले फ्रेन्चाइजीको ब्यवस्थापकीय पक्षको अन्वेषणमा मेरो रुचि प्रकट गरेको थिए र रोयल्स व्यवस्थापन टोली निकै सहयोगी थियो । जसले मलाई अफ फिल्ड यात्रा सुरु भूमिका दिदै छ । मैले मेरो नयाँ भूमिकाबाट क्रिकेटिङ्ग र व्यवस्थापन सीप विकास गर्नेछु,’ सोडीले भने ।