काठमडौं । आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्व कप तथा चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार आज दोस्रो लेग खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्दैछ ।
आज नेपाली समयानुसार बेलुका ९ः४५ मा सुरु हुने खेलमा पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवितै राख्न चाहान्छ ।
विश्व कप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले एक खेलमा मात्र जित निकाल्दै तालिकामा ३ अङ्क बनाएको छ ।
कुवेतमा रहेको जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा नेपाल त्यही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियो राख्न चाहन्छ ।
त्यस्तै आजको खेलका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती ११ सार्वजानिक गरेका छन् ।
गोलकिपर - किरण चेम्जोङ
डिफेन्डर - गौतम श्रेष्ट, सुमन अर्याल , अन्नत तामाङं, रोहित चन्द्र
मिडफिल्डर - पुजन उपरकोटी ,सन्तोष तामाङं, सुमन लामा
फरर्वाड - अन्जन विष्ट, सुनिल बल र आशिष लामा
