काठमाडौं । नेपालले आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्व कप तथा चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार आज दोस्रो लेग खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गरि रहेको छ । जसमा पहिलो हाफमा नेपालले एक शुन्य गोलको अग्रता बनाएको छ ।
नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।