जेठ २०, २०७८ शुक्रबार

एजेन्सी । पोर्चुगलको यु–२१ टोली युरोपेली च्याम्पियन्ससिपको फाइनलमा प्रवेश गरेको छ । 

बिहिन राति सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा स्पेनको यु- २१ टोलीलाई १-० गोल अन्तरले स्तब्ध पार्दै पोर्चुगलको यु- २१ टोली फाइनलमा प्रवेश गरेको हो । 

पोर्चुगलको जितमा स्पेसका जर्ज कुएन्काले आत्मघाती गोलबाट पोर्चुगल विजयी भयो । पोर्चुगलका भार्वियो भरेलाले प्रहार गरेको बल स्पेनका जर्जले किलियर गर्ने क्रममा आफ्नै पोस्ट गोल हुन पुगेको थियो । 

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ८०औं मिनेटमा आत्मघाती गोल नै पोर्चुगल फाइनल प्रवेशको लागि प्रयाप्त बन्यो ।

तुलनात्मक रुपमा पोर्चुगलको भन्दा स्पेनले बल पोजिसनमा पकड जमाए तापनि गोल भने गर्न सकेन ।

उक्त जित सँगै पोर्चुगलको यु-२१ टोलीले अब फाइनल खेलमा जर्मनी र नेदरल्याण्डबीचको विजेता सँग खेल्नेछ । उक्त फाइनल खेल ७ जुनमा हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलको खेलमा केही समय पछि जर्मनी यु-२१ र नेदरल्यान्ड यु-२१ खेल्दै छन । उक्त खेल नेपाल समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुनेछ ।