जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । सन् २०२२ कतारमा आयोजना हुने विश्वकप छनोटमा अष्ट्रेलियाले कुवेतलाई हराएको छ । एसियाली छनोट अन्तर्गत समुह बी को खेलमा बिहिबार राति अष्ट्रेलियाले घरेलु टोली कुवेतलाई ३–० गोल अन्तरले हराएको हो ।

पाहुना टोली अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो Socceroos World Cup hub: Australia's qualification path for Qatar 2022,  squads, results, standings, fixtures, draw, goalscorers | Sporting News  Australia

उक्त जित सँगै अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अष्ट्रेलियाले ५ खेलमा सबैखेलमा जित निकाल्यो । उसको ५ खेलबाट १५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रह्यो ।

दोस्रो स्थानको कुवेतको १० अंक रह्यो । तेस्रो स्थानको जोर्डनको समेत समान १० अंक छ । चौथो स्थानको नेपालको ६ खेलबाट ६ अंक जोडेको छ । यता चाईनिज ताईपेइ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।