जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । सन् २०२२ कतारमा आयोजना हुने विश्वकप छनोटमा आयोजक देश कतारले भारतलाई हराएको छ । एसियाली छनोट अन्तर्गत समुह इको खेलमा बिहिबार राति कतारले घरेलु टोली भारतलाई १–० गोल अन्तरले हराएको हो ।

पाहुना टोली कतारको जितमा अब्दुलाजीज हेटेमले गोल गरे । त्यस्तै खेलको १७औं मिनेटमा घरेलु टोली भारत १० खेलाडीमा समेटियो । उसका राहुल भेकेले दोहोरो पहेलो कार्ड खादै रातो कार्ड पाएका थिए । उक्त १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि फाइदा उठाउदै पाहुना टोली कतारले खेलको ३३औं मिनेटमा अब्दुलाजीजको गोलमा पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो । Highlights IND vs QAT Updates FIFA World Cup Qualifiers: Qatar Beat 10-Man  India 1-0

त्यस्तै दोस्रो हाफमा थप गोल हुन नसक्दा कतारले १–० गोलको जित निकाल्यो । उक्त जित सँगै कतारले कूल ७ खेलबाट १९ अंक बनाएको छ । उसले ६ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ । भने यता पराजित भारतको भने ६ खेलबाट ३ अंक सहित चोथौ स्थानमा रहेको छ ।