एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा दक्षिण अमेरिकी छनोट अन्तर्गत कोलम्बियाले सानदार जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा कोलम्बियाले पेरुमाथि ३-० गोलको सहज जित निकालेको हो । पाहुना टोली कोलम्बियाको जितमा एरी मिना, म्याटियस उरिबे र लुइस डियाजले समान १/१ गोल गरे ।
खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा मिगुएलले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पेरु १० खेलाडीमा समेटियो । त्यस्तै पहिलो हाफमा कोलम्बियाले १-० गोलको अग्रता बनायो । :quality(75)/cloudfront-us-east-1.images.arcpublishing.com/elcomercio/NF6HWYGBFVCMJH5WADCSCESTTI.jpeg)
त्यसपछि दोस्रो हाफको खेलको ४९ औं मिनेटमा उरिबेले गोल गर्दै कोलम्बियाको अग्रता २-० को बनाए । खेलको ५५ औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई ३-० को जित दिलाए । यस्तै खेलको ५९ औं मिनेटमा डानिल मुनोजले रातो कार्ड पाएपछि कोलम्बिया पनि १० खेलाडीमा समेटिएको थियो ।
उक्त जितसँगै कोलम्बियाले ५ खेलमा ७ अंक जोडेको छ । कोलम्बिया छैटौं स्थानमा रहेको छ । यता पराजित पेरु १ अंक जोडेर पुछारमा रहेको छ ।