काठमाण्डौ।
नरेश सिंह क्रिकेट एकेडेमी द्वारा आयोजित इन्टर स्कूल क्रिकेट टूर्नामेंट को सातौ संस्करण आज जलेस्वर को ल.च.मु. ग्राउंडमा प्रदेश ०२ प्रदेश सभा सांसद रानी शर्मा तिवारी को प्रमुख आतिथ्य सफल भएको छ ।
यस फाईनल खेलमा एल्हेबस स्कूल ६ विकेट ले विजयी हुन सफल भएका थिए।
शिशु ज्ञान निकुञ्ज बनाम एल्हेबस बिच को यस फाईनल खेलमा टॉस जितेर शिशु ज्ञान ले बैटिंग गर्ने निर्णय का साथ २० ओवर खेल्दै ०८ विकेट को क्षतिमा ११९ रन बनाउन सफल भएका थिए ।
१२० रन को लक्ष्य को पीछा गर्न एल्हेबस का बैट्समेन हरुले १४.४ ओवर खेल्दै ४ विकेट को क्षतिमा १२० रन को लक्ष्य हासिल गरी विजयी भएका हुन ।
फाईनल खेलको उत्कृष्ट खेलाड़ी एल्हेबस का आशिष मण्डल ४४ गेंद मा ०७ चौका को मद्त ले ४२ रन र ३ ओवरमा १२ रन खर्च गरी २ विकेट को मद्त ले प्लेयर ऑफ द मैच बनी आफ्नो टीम लाई विजयी बनाउन सफल भएका थिए ।
यस टूर्नामेंट मा उत्कृष्ट प्रदर्शन का अनुसार- फेयर प्ले न्यू मोडर्न स्कूल लाई अंक तालिका अनुसार ३८ पॉइन्ट, बेस्ट बैट्समैन ४ मैच १६० रन १५३ गेंद १०४ को स्ट्राइक रेट रूपेश यादव (ल.च.मु), इमर्जिंग प्लेयर १२ विकेट र १०० रन सिद्धार्थ गुप्ता (एल्हेबस), बेस्ट बॉलर ५ मैच १९ओवर १ मेडेन ९५ रन १३ विकेट ५.० को इकॉनमी सुभाष ठाकुर ( साउथ एशियन स्कूल ) , मैन ऑफ द सिरीज़ ४ मैच १४० रन स्ट्राइक रेट १४५.८३ र १६ ओवर ४ मेडेन ५५ रन ११ विकेट ३.२३ को इकोनॉमि अभिषेक तिवारी (ल.च.मु) लाई प्रदान गरिएको थियो ।
क्रिकेट कमेंटेटर समिर आजाद र विष्णु गुप्ता को मधुर आवाज को साथ मुकेश साह र जावेद साफीको अनुशासित अंपायरिंग ले यस टूर्नामेंट लाई अझ फलदायक र रोमांचक बनाएको थियो।
मन्तव्य राख्ने क्रममा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी ले एउटा जिल्ला स्तर कै सम्पूर्ण पालिकाहरुको सहभागिता भएको भव्य क्रिकेट टूर्नामेंट को आयोजना गर्न आग्रह गर्न साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मटिहानी नगरपालिका का नगरप्रमुख हरि मण्डल द्वारा सम्पूर्ण नगरपालिका को सहयोग बाट यस्ता प्रतियोगिता हरु आयोजना निरन्तर हुदै राख्नु र एउटा राम्रो भव्य क्रिकेट मैदान को खाँचो पूर्ण गर्न सबै को सहयोग को आवश्यकता रहेको बताए ।
सम्पूर्ण सहभागी १६ ओटा विद्यालय र स्पॉन्सर हरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता आयोजन मा निरन्तर सहयोग आई रहने र यो आयोजन फलदायक रहेको नरेश सिंह क्रिकेट एकेडेमी का संचालक राहुल प्रताप सिंह ले नेपाल मार्गलाई जानकारी दिए ।