शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँ रहेको छ ।
बिहीबार छापावाल सुन तोलाको ९४ हजार नाै सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार नाै सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्यमा पनि तोलामा ३५ रुपैयाँले घट्दै प्रतितोला एक हजार तीन सय ४० रुपैयाँ कायम भएको छ ।