कोरोना महामारीको चपेटामा रहेको भारतले आगामी सेप्टेम्बरसम्म ७० लाख नागरिकलाई कोभिडबिरुद्धको खोप लगाउने योजनाअनुसार खोप अभियानलाई तीव्रता दिएको छ। भारतमा पछिल्लो समयमा खोप अभियान तीव्रतासाथ अगाडि बढिरहेको छ।
केन्द्र सरकारका मुख्य आर्थिक सल्लाहकार केबी सुब्रमण्यमका अनुसार सेप्टेम्बरसम्म ७० करोड सर्वसाधारणलाई कोभिड बिरुद्धको खोप लगाउने अभियानसाथ भारतको खोप अभियान अघि बढिरहेको छ।
कोरोनाको महामारी अहिले उच्चतम विन्दुमा पुगेर ओरालो लागेको र योभन्दा माथि जान नसक्ने सुब्रमण्यमको भनाइ छ। उनले जुन १५ देखि कोरोनाको रफ्तार कम हुने र अर्थतन्त्र फेरि ट्रयाकमा फर्कने दाबी पनि गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।