सरकारले नेपाल र भारतबीच रासायनिक मलको आयातका लागि जीटुजी प्रक्रियामार्फत खरिद अगाडि बढाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसबारे जानकारी दिएका हुन्।
यसैगरी उनले नेपालमा नागरिकता दोस्रो संसोधन नियामावली २०७८ स्वीकृत गर्ने निर्णय भएको बताए।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा।डा। यादव प्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय भएको पनि उनले बताए।
त्यस्तै, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा बालकृष्ण बस्नेतलाई ४ वर्षको लागि नियुक्ति गर्ने निर्णय पनि भएको छ।