एजेन्सी । इंग्लिस क्लब लिभरपुलका युवा डिफेन्डर एलेक्जेन्डर–आर्नोल्डले युरो कप २०२० गुमाउने भएका छन् ।
बुधबार राति भएको अस्ट्रियासँगको मैत्रीपूर्ण खेलमा चोट बोकेका आर्नोल्डले युरो कप गुमाउने इंग्ल्याण्डले जनाएको छ ।
उक्त खेलमा इंग्ल्याण्डले अस्ट्रियामाथि १–० गोलको जित निकाल्दा फुलह्याक आर्नोल्डले थाइमा चोट बोकेका थिए । इंग्ल्याण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आर्नोल्डले करिब ४ देखि ६ सातासम्म मैदानबाहिर बस्नुपर्ने बताएको छ ।
बिहीबारको चेकजाँचमा २२ वर्षीय आर्नोल्डको थाइमा समस्या देखिएको छ । यसैले उनी टोलीबाट बाहिररिएका छन् । अब चोटमुक्त भएपछि उनी टोलीमा समावेश हुनेछन्’, इंग्ल्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रशिक्षक गारेथ साउथगेटले आइतबार हुने रोमानियाविरुद्धको मैत्रीपूर्ण खेलपछि उनलाई विस्थापित गर्ने खेलाडीको नाम सार्वजनिक गर्नेछन् । इंग्ल्याण्डले यूरो २०२० को पहिलो खेलमा क्रोएसियाको सामना गर्नेछ । विश्वकप २०१८ को फाइनलसम्मको यात्रा तय गरेको क्रोएसिया र इंग्ल्याण्डबीचको खेल जुन १३ मा हुनेछ ।