फागुन १५, २०७७ शनिबार

काठमाडौं । 
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट मा लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका हुन् ।पीएसएल लिग खेल्न सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।
सन्दीपले यस अघि लाहोरबाटै खेलेका थिए तर, सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा विकेका थिएनन्  ।
उनी रासिद खानको स्थानमा टिममा छानिएको हुन्। रासिद खान जिम्माबे बिरुद्धको सिरिजका लागि युएई गएका छन्।