जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । इंग्ल्याण्ड र वेस्ट इण्डिज भ्रमणका लागि पाकिस्तानले तिनै फर्म्याटको राष्ट्रिय टिमको घोषणा गरेको छ ।पाकिस्तान क्रिकेट बोर्ड(पिसिबि)ले आज बाबर आजमको कप्तानीमा टिट्वान्टी,एकदिवसिय र टेस्ट टिमको घोषणा गरेको हो ।

 इंग्ल्यान्डसँग ३ खेलको टी-ट्वान्टी र समान ३ खेलको नै एकदिवसीय शृखंला खेल्ने पाकिस्तानले वेस्टईण्डिजमा भने  ५ टिट्वान्टी र २ टेस्ट खेल्नेछ ।

दुवै शृखंला आगामी जुलाई ८ देखि अगस्ट २४ सम्म हुने तालिका रहेको छ ।