जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएपछि टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।

उनलाई चेल्सीले शुक्रबार सम्झौता नवीकरण गरेको जनाएको छ । उक्त सम्झैता सँगै जर्मन प्रशिक्षक टुचेल सन् २०२४ सम्म चेल्सीमा रहने छन् । Image

चेल्सीले गत जनवरीमा फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।