जेठ २१, २०७८ शुक्रबार

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल क्लब बायर्न म्युनिखका क्यामरुनी फरवार्ड जीन एरिक मैक्सिम चौपो मोटिङनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । शुक्रबार उनले क्लबसँगको सम्झौता नवीकरण गरेको बायर्न जनाएको छ । उक्त सम्झौता नवीकरणसँगै उनि २०२३ सम्म बायर्नमै रहने भएका छन् । उनि २०२० अक्टोबर ५ मा फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन पिएसजीबाट फ्री टान्फरमा बायर्न आएका थिए ।  Open Photo