काठमाडौं ।
कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीमा सम्मानित भएका छन्।
उनलाई चुच्चेपाटीस्थित मनास्लु वल्ड कलेजले शनिबार सम्मान गरेको छ ।
गत बर्ष मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेमा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् ।
मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा चुच्चेपाटीमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा मन्डेसहित विभिन्न क्षेत्रमा योगदान पुऱ्याएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइटेल पनि सम्मानित भएका थिए ।
उनहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।