एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको पोर्चुगल र स्पेनले आज राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धामा गदै छन् । नेपाली समयअनुसार आज राति ११:१५ बजेबाट सुरु हुने यो खेल स्पेनस्थित वान्डा मेट्रोपोलिटियानोमा हुनेछ ।
स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अब दुवै टोलीका प्रशिक्षक प्रतियोगिता अघि आफ्नो बलियो समिकरण तयार पार्ने सुरमा हुनेछन् । जसको लागि दुवै टोलीले समान २/२ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छन् । 
साविक युरो कप विजेतासमेत रहेको पोर्चुगलले हङ्गेरीसँग खेल्दै युरो कपको सुरुवात गर्नेछ । त्यसअघि उसले इजराइलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यता, स्पेनले भने लिथुनियाँसँग मैत्रीपूर्ण खेल खेलेपछि युरो कपमा जुट्नेछ । उसले युरो कपको सुरुवातमा स्वीडेनको सामना गर्नेछ ।