असार १३, २०८० बुधबार

काठमाडौँ– न्यायपरिषदको  बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने सम्भावना छ ।  

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् ।

यसअघि सोमबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।