जेठ २१, २०७८ शनिबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको पोर्चुगल र स्पेनले तयारी स्वरुप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एक अर्को विरुद्ध प्रतिस्पर्धा गरेका थिए । जसमा दुबै टोली गोलरहित बराबरीमा रोकिएका हुन ।

स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् ।

जुन १३ बाट सुरु हुने युरो कप फुटबलको तयारीमा रहेका यी दुवै टिमले मैत्रीपूर्ण खेलमा गोलविहीन बराबरी खेल्दा दुवैले औसत मात्रै प्रदर्शन गरे । तुलनात्मक रूपमा घरेलु टोली स्पेनले खेलमा ज्यादा प्रभाव र पकड जमाए पनि उसले एकपटक पनि पाहुना टोलीको रक्षापंक्ति तोड्न सकेन । 

साविक विजेतासमेत रहेको पोर्चुगलले हङ्गेरीसँग खेल्दै युरो कपको सुरुवात गर्नेछ । त्यसअघि उसले इजराइलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यता, स्पेनले भने लिथुनियाँसँग मैत्रीपूर्ण खेल खेलेपछि युरो कपमा जुट्नेछ । उसले युरो कपको सुरुवातमा स्वीडेनको सामना गर्नेछ ।