एजेन्सी : इटालियन सिरी ए फुटबलमा साबिकको बिजेता युभेन्टसले आज आफ्नो २४औं साताको खेला भेरोनाको सामना गर्दैछ ।
नेपाली समयअनुसार यी दुई टोली बिचको खेल आज राति १:३० बजेबाट सुरु हुने उक्त खेल भेरोनाको मैदानमा हुनेछ । आजको खेलमा घरेलु टोलि माथि सहज जित निकाल्दै शिर्ष स्थानको इन्टर मिलान र दोस्रो स्थानको एसी मिलानसँग अंक दुरी कम गर्ने योजनामा रहेको छ ।
जारी सिजनमा कुल २२ खेलबाट ४५ अंक बनाएको युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । युभेन्टसले जसमा १३ खेलमा जित निकालेको छ । भने ६ खेल बराबरी तथा ३ खेलमा पराजित भएको छ । यता भेरोनाको भने २३ खेल खेलबाट ९ जित , ७ बराबरी तथा ७ खेलमा पराजित हुदै ३४ अंकसहित नौ स्थानमा रहेको छ ।