जेठ २२, २०७८ शनिबार

एजेन्सी । २०२० को युरो कप फुटबल प्रतियोगिताको तयारीमा रहेको इटालि र चेक रिपब्लिकले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा एक अर्को सँग प्रतिस्प्रधा गरेका थिए । जसमा इटालिले फराकिलो जित निकालेको छ ।

शनिबार बहिान सम्पन्र भएको खेलमा इटालिले चेक रिपब्लिकमाथि ४-० गोलको फराकिलो जित निकालेको हो । इटालीको जितमा सिरो इम्मोबाइल, निकोलो बरेला,लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले समान १/१ गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको इटालिले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

पहिलो हाफको खेलको २३ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा निकोलोको गोलबाट इटालिले अग्रता २-० को बनायो । खेलको ६६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालिले अग्रता ३-० गोलको बनायो। त्यसपछि खेलको ७३ औं मिनेटमा बेरार्डीले गोल गर्दा इटालिले ४-० गोलको फराकिलो जित निकालेको हो ।

उक्त जित सँगै इटालिले लगातार आठौं जित निकालेको छ । त्यसमा पनि कुनै गोल नखाई जित निकालेको हो।