फागुन १५, २०७७ शनिबार


 धनगढी
  लिटिल फ्लावर स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा आजदेखी धनगढीको मुटुमा अवस्थित संघीय इकाई प्रहरी सेती(अञ्चल प्रहरी)कार्यालयको खेलमैदानमा सञ्चालन भएको चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को उदघाटन खेलमा आयोजक लिटिल फ्लावर स्कुलले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,लिटिल फ्लावर स्कुलले निर्धारित २० ओभरमा ९ विकेटको क्षति १५२ रन बनाउन सफल भयो।ब्याटिङतर्फ लिटिल फ्लावर स्कुलका लागि सुवास ऐरले २५ बल खेल्दा नरेन भट्टले पनि ३९ बल खेल्दै समान ३७/३७ रन बनाउन सफल हुँदा राजकुमार शाह १२ बलमा २२ रन तथा कप्तान विपिन रावलले १२ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ विद्या भूषण पब्लिक स्कुलका लागि उपकप्तान शेर मल्लले ४ ओभरमा २४ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा कप्तान विरेन्द्र नाथले ४ ओभरमा ३१ रन खर्चँदा प्रदिप चन्दले ४ ओभरमा १ मेडेनसहित २९ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।
      १५३ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको विद्या भुषण पब्लिक स्कुलले निर्धारित २० ओभरमा १७.५ ओभरमा ३ विकेटको क्षति १५७ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित निकाल्दै जारी प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।ब्याटिङतर्फ विद्या भूषण पब्लिक स्कुलका लागि उपकप्तान शेर मल्लले ४३ बलमा सर्वाधिक ७० रन बनाउदै चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को पहिलो अर्धशतक प्रहार गर्न सफल हुँदा कप्तान विरेन्द्र नाथ ४५ बलमा ३७ रन तथा नरेन साउँदले १० बलमा आक्रामक २६ रनको अविजित पारी खेल्न सफल भए।बलिङतर्फ लिटिल फ्लावर स्कुलका लागि राजकुमार शाहले ४ ओभरमा ३३ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा कप्तान विपिन रावलले ३ ओभरमा १७ रन खर्चंदै १ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकेनन्।
      चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को उदघाटन खेल विद्या भूषण पब्लिक  स्कुलले ७ विकेट जित्न सफल हुँदै जारी प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।उक्त खेलका म्यान अफ दी म्याच विद्या भूषण पब्लिक स्कुलका उपकप्तान शेर मल्ल घोषित हुन सफल भएका छन्।
    चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को उदघाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओड ज्यूको प्रमुख आतिथ्यतामा आज बिहान धनगढीको मुटुमा रहेको संघीय इकाई प्रहरी सेती(अञ्चल प्रहरी)कार्यालयको खेलमैदानमा एक भव्य समारोहबीच भएको प्रतियोगिता आयोजना संस्थाका अध्यक्ष आदरणीय रामचन्द्र शाही ज्यूले बताउनुभयो।