जेठ २२, २०७८ शनिबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले युथ एकेडेमीका लागि अन्तिम ४२ खेलाडी छनोट गरेको छ । एकेडेमीका लागि पहिलो चरणमा देशभरबाट कुल १६६ खेलाडी छनोट गर्दै अन्त्यमा ४२ जना यु–१३ खेलाडी छनोट गरेको हो । उक्त छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्विनीबाट ३०, कर्णलीबाट ८ र सुदूरपश्चिबाट १२ खेलाडी अन्तिम छनोटमा समावेश रहेका थिए ।