फागुन १६, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा युभेन्टस भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलि युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए भने भेरोनाका एन्टोनिन बारकले एक गोल फर्काएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ४९औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको७७औँ मिनेटमा बारकले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

उक्त बराबरीसँगै तेस्रो स्थानको युभेन्टसले २३ खेलमा ४६ अङ्क जोडेको छ । भेरोना भने ३५ अङ्कका साथ नवौँ स्थानमा छ ।