असार १९, २०८० मंगलबार

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ ।

यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

यस्तै, कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।