जेठ २२, २०७८ शनिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लब म्यान्चेस्टर सिटीका पोर्चुगिज युवा डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

यस सिजन सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका रुबेन उत्कृष्ट खेलाडी बन्दै  प्रिमियर लिग प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् । उनि २०२० सेप्टेम्बर २९ मा पोर्चुगिज क्लब बेनिफीकाबाट ६८ मिलियन युरोमा सिटी आएका थिए ।  Ruben Dias wins FWA Footballer of the year | Man City Core

प्रिमियर लिगले शनिबार रुबेनलाई  प्लेयर अफ दि सिजन घोषित गरेको हो । रुबेन प्रिमियर लिग इतिहासमा उक्त अवार्ड जित्ने पाँचौं डिफेन्डर हुन् ।

२४ वर्षीय डियासले यस अघि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए । साथै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिग म्यानेजर अफ दि सिजनको अवार्ड जितेका छन् । Pep Guardiola wins 2020/21 Premier League manager of the season