एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभिल्लामाथि २–० गोलको जित निकालेको छ ।
शनिबार रात सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलि बार्सिलोनाको जितमा डेम्बेले र कप्तान मेस्सीले समान १-१ गोल गरे ।
खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफको ८५औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।
उक्त जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना २५ खेलमा ५३ अङ्क जोडेको छ । २४ खेल खेलेको रियल ५२ अङ्कका साथ तेस्रो स्थानमा छ ।यता पराजित सेभिल्ला भने ४८ अङ्कका साथ चौथो स्थानमा छ ।