जेठ २३, २०७८ आइतबार

भारतमा कोभिड–१९ का १ लाख १४ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १४ हजार ४ सय ६० संक्रमित थपिएका हुन्। यो अवधिमा १ लाख ८९ हजार २ सय २३ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २ हजार ६ सय ७७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८८ लाख ९ हजार ३ सय ३९ पुगेको छ भने २ करोड ६९ लाख ८४ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन्।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ लाख ४६ हजार ७ सय ५९ पुगेको सरकारी तथ्यांक छ। अहिले भारतमा १४ लाख ७७ हजार ७ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। २३ करोड १३ लाख २२ हजार भन्दा धेरै नागरिकलाई भारतले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएको छ।