जेठ २३, २०७८ आइतबार

 साताको पहिलो दिन आइतबार प्री-ओपनिङ सेसनमा नेप्से बढेको छ ।

नेप्से परिसूचक २७.३० अङ्कले बढेर २८८४.०७ बिन्दुमा पुगेको छ ।

आजको प्री-सेसनमा ९३ कम्पनीको ४६ हजार ३१२ कित्ता शेयर ३ करोड ८७ हजार ३६३ रुपैयाँ किनबेच भएको छ ।

६० कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।